कोरोना भाइरस- हालसम्म ३६ हजारभन्दा बढीको परीक्षण

काठमाडौं, बैशाख ९ । हालसम्म ३६ हजारभन्दा बढीको परीक्षण गरिएके स्वास्थ्य मन्त्रालयले जनाएको छ।मङ्गलवार मन्त्रालयले बताएअनुसार हालसम्म देशभरि गरि ३६ हजार ७१९ जनामा परीक्षण गरिएको छ।

ूपीसीआर विधि अनुसार ८७६३ जनाको परीक्षण भएको छ भने द्रुत वा आरडिटी विधिबाट २७,९५६ जनाको परीक्षण भएको छ,ू डा देवकोटाले जानकारी दिए।

द्रुत परीक्षण विधिमार्फत् हालसम्म प्रदेश १ मा २६२०, प्रदेश २ मा ३५९८, वाग्मती प्रदेशमा ५१५७, गण्डकी प्रदेशमा ४१८३, प्रदेश ५ मा २४८३, कर्णाली प्रदेशमा ३७३८ र सुदुर पश्चिम प्रदेशमा ६१७७ जनाको परीक्षण भइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्