लकडाउनको आज २९ औं दिनः दैनिक जीवन प्रभावित, चेकजाँचमा कडाई

काठमाडौं , बैशाख ९ । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ । यस्तै अहिलेसम्म ८ हजार ४ सय १४ जनाको पीसीआर प्रविधिमार्फत कोरोना भाइरस परीक्षण गरिएको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ ।

अत्यावश्यक काम र सेवाहरुबाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि राजधानी काठमाडौंका सडकहरुमा अत्यावश्यक सवारी साधनहरु भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।

यस्तै सहरका भित्री सडकहरुमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसलसम्म पुगेको देखिन्छ । सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।

चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्