विदेशमा रहेका नेपालीलाई तत्काल नल्याइँने
काठमाडौं , बैशाख ६ । सरकारले कोरोना भाइरसको महामारीको चपेटामा परेका विदेशका सबै नेपालीलाई तत्कालै नल्याउँने भएको छ ।
यद्यपि महामारीले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुको उद्धार गर्नै परिहाले कति संख्यामा नेपाली ल्याउँनुपर्छ र उनीहरुको व्यवस्थापन कसरी गर्ने लगायतका विषयको पहिचान गर्न समिति गठन भएको छ ।
समितिले आपतकालीन उद्धार गर्नुपर्ने श्रमिकहरुको पहिचान गरी सरकारलाई सिफारिस गर्नेछ ।
सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा।रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको गरेको हो । उक्त समितिमा अर्थ, परराष्ट्र, श्रम, गृहका सहसचिव समितिका सदस्य छन् ।
श्रम गन्तव्य रहेका खाडी मुलुकसहितका विभिन्न देशमा रहेका ४५ लाख भन्दाबढी नेपालीलाई एकैपटक ल्याउँन नसकिने भएकाले अत्यन्तै अप्ठेरोमा परेका श्रमिकहरुको पहिचान गरी सरकारलाई सिफारिस गर्न समिति गठन गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्