नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं, बैशाख ५ । नेपालमा एकैदिन शुक्रबार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा भाइरसबाट संक्रमितहरुको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारी अनुसार उदयपुर १२ र चितवन २ गरी १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये उदयपुरका १२ मध्ये सबै पुरुष छन् । उनीहरु क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् ।

चितवनमा भेटिएका दुईजना मध्ये एकजना २७ वर्षीय र अर्का ६३ वर्षीय पुरुष छन् । उदयपुरका संक्रमितहरु भुल्केस्थित एक मस्जिदका हुन् भने चितवनमा भेटिएका संक्रमितहरु राप्ती नगरपालिकाका हुन् ।

नेपालमा पहिलो पटक १० माघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता विहीबार ९४ वैशाख० सम्म संक्रमितको संख्या १४ पुगेपछि एकैदिन भेटिएको अधिक संक्रमित संख्या ३ मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्