कोरोना सङ्क्रमितको संख्या बढेपछि ३३ जना चिकित्सक टोली पुग्‍यो सुदूरपश्‍चिम, कुन जिल्लामा कति ?

काठमाडौं , बैशाख ५ । नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ जना चिकित्सकको टोली सुदूरपश्‍चिम पुगेको छ ।

नेपाल सरकारले कोरोना संक्रमितको उपचारका लागि ३३ चिकित्सकलाई सुदूरपश्‍चिम पठाएको हो ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौंबाट पठाएको ३३ जना चिकित्सकको टोली धनगढी पुगेको छ।

संक्रमित र अन्य बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली आज दिउँसो यति एअरलाइन्स्‌को जहाजमार्फत् धनगढी पुगेको हो।

स्वास्थ्य मन्त्रालयले उनीहरूलाई धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा उनीहरूलाई विभिन्न जिल्लामा खटाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

उनले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरूमा समेत खटाइने बताए।

कुन जिल्लामा कति ?

अछाम – तीन
दार्चुला – तीन
बैतडी -तीन
डडेल्धुर -तीन
बझाङ-दुई
कैलालीको टीकापुर -दुई
कञ्‍चनपुर -चार
कैलालीको धनगढी- १३ जना

हाल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका पाँच जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्