सरकारले गर्यो पासमा कडाइ, मृत्यु संस्कारमा जाने बाहेक अरुलाई सवारी पास नदिने

काठमाडौं, बैशाख ३ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्यलाई सवारी पास उपलब्ध नगराउने निर्णय गरेको छ ।

सवारी पासको दूरुपयोग बढेको तथा कार्यालयमा समेत भीडभाड बढेको भन्दै अन्य प्रयोजनका लागि पास उपलब्ध नगराउने निर्णय गरिएको हो ।

पासको दूरुपयोग रोक्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत सवारी पासको दूरुपयोग गरिएको भेटिएमा कारबाही गर्ने जनाएको छ । महाशाखाले आजै मात्र पास दुरुपयोग गरी सवारी चलाउने १ हजार ८ सय ४६ सवारी नियन्त्रणमा लिएको जनाएको छ ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ सवारी साधन होल्ड गरेको तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्