काठमाडौं पेप्सिकोलाका २ जनामा कोरोना संक्रमण भएको पुष्टि,सनसिटी अपार्टमेन्टमा बस्नेको परीक्षण सुरु

काठमाडौं, बैशाख २ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ व्यक्तिमा कोरोनाको संक्रमण भएको पुष्टि भएको जानकारी दिएको हो।

ुपेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका दुई जना ९५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला०को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ,ु मन्त्रालयको भेरिफाइड फेसबुक पेजमा लेखिएको छ।

तीन जनामध्ये बाँकी १ जनाको पहिलो परीक्षणमा कोभिड(१९ पोजेटिभ नदेखिएको समेत मन्त्रालयले बताएको छ। उनीहरु ३ जना क्वारेन्टाईन टाउन प्लानिंङस्थित निवासमा बसोबास गर्दै आएको समेत मन्त्रालयले जानकारी दिएको छ।

अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण सुरू गरिएको बताएको मन्त्रालयले उनीहरूसँग संलग्नहरूको ट्रेसिङ सुरू भएको जनाएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आरडिटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पिसिआर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी पाएको बताएका थिए।

यसअघि नेपालमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। सोमबार मात्र कैलाली र रौतहटका एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने आइतबार वीरगञ्जका ३ जनामा यो भाइरस संक्रमणको पुष्टि भएको थियो।

यसअघि नै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको थियो। नेपालमा संक्रमित भेटिएका एक जना भने उपचारपछि निको भइरसकेका छन्।

प्रतिक्रिया दिनुहोस्