मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं, बैशाख २ । अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो नौ दिनसम्म नयाँ संक्रमित फेला परेका थिएनन् ।

आइतबार एकैदिन तीन जना र हिजो दुई जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार थपिएका तीनै जना नागरिक भारतीय हुन् ।

हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना संंक्रमित फेला परेका छन् यसैबीच मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बोलाइएको बैठकले एकसाता लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ ।

सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

त्यसपछि चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन थपेर लकडाउनको समयावधी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठ दिन लम्ब्याउने निर्णय गरेको थियो ।

अहिले एक महिना पुर्‍याउने गरी प्रस्ताव गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्