विश्वभर नक्कली औषधिको बिगबिगी, सचेत रहन आग्रह

काठमाडौं, चैत ३० । कोरोना संक्रमणको त्रासका विच विश्वभर नै नक्कली औषधिको व्यापार बढेको पाइएको छ । औषधिसम्बन्धी अपराधविरुद्ध काम गर्ने संस्था इन्टरपोलका अनुसार मलेसियादेखि मोजाम्बिकसम्म नक्कली मास्क र औषधिहरु बिक्री भइरहेको पाइएको हो ।

स्वास्थ्य संकटका बेला औषधिजन्य नक्कली सामग्रीको अवैध व्यापारले चुनौती थपेको इन्टरपोलका महासचिव युर्गन स्टकले बताएका छन् । इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन ‘पान्जिया’ले कोरोना भाइरसलाई महामारीको रुपमा विश्व व्यापार संगठनले घोषणा गरेकै एक सातामा ९० वटा देशबाट १ सय २१ जनालाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

उसले १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधि समेत जफत गरेको छ । ती मध्ये कतिपय कोरोना निको पार्ने दावी गरिएका औषधि समेत छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ३० अर्ब डलर बराबरका नक्कली तथा म्याद नाघिसकेका औषधिको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्