कोरोनाः बिश्वभर एक लाख ८ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै २० हजार ५ सय

काठमाण्डौ, चैत्र ३० । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ । संक्रमण हुनेको संख्या भने १८ लाखनिजक पुगेको छ ।

अहिलेसम्म विश्वभर १७ लाख ७९ हजार ९९ जना कोरोनाबाट संक्रमित भएको वर्ल्डो मिटर्स जनाएको छ । सङ्क्रमितमध्ये ४ लाख २ हजार ७०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १२ लाख ६७ हजार ६२० मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ४७९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । शनिबार मात्रै त्यहाँ १ हजार ८३० जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी कोरोना संक्रमण हुने देश पनि अमेरिका नै हो । अहिले त्यहाँ ५ लाख ३२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । जसमा ३० हजार भने शनिबार मात्रै संक्रमित भएका हुन् । अहिलेसम्म अमेरिकामा ४ लाख ८१ हजारभन्दा बढीमा कोरोना सक्रिय रहेको छ । ३० हजार ४५३ जना भने पूर्णरूपमा निका भइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा १९ हजार ४६८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ शनिबार मात्रै ६१९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ५२ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ३२ हजार ५३४ जना भने पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ एक लाख बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ३ हजार ३८१ को अवस्था गम्भीर रहेको छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो स्पेन । स्पेनमा कोरोना संक्रमितको संख्या इटालीमा भन्द पनि बढी छ । अहिलेसम्म त्यहाँ १ लाख ६३ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । शनिबार मात्रै त्यहाँ ४ हजासर ७५४ जना नयाँ संक्रमित भेटिएका छन् । स्पनेमा अहिलेसम्म कोरोनाका कारण १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ५२५ जनाको ज्यान गुमाएका छन् । संक्रमितमध्ये ५९ हजारभन्दा बढीको पुर्णरूपमा निको भएका छन् । अहिले स्पनेमा ८७ हजारभन्दा बढीमा कोरोना सक्रिय रहेको वर्ल्डे मिटर्सले जनाएको छ । तीमध्ये ७ हजारको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख २९ हजार नाघेको छ । तीमध्ये २६ हजार ३९१ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८९ हजार भन्दा बढीमा कोरोना सक्रिय रहेको छ । करिब ७ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १३ हजार ८३२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । जर्मनीमा पनि कोरोनाले भयावह बनाएको छ । जर्मनीमा अहिलेसम्म कोरोनाका कारण २ हजार ८७१ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै त्यहाँ १३५ जनाको मृत्यु भएको छ । अरूको देशको तुलनामा त्यहाँ मर्नेको संख्या भने निकै धेरै रहेको छ ।

अहिलेसम्म जर्मनीमा १ लाख २५ हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । जसमा बिहीबार मात्रै ३ हजार नयाँ संक्रिमत थपिएका हुन् । ५७ हजार ४०० जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६५ हजारमा कोरोना संक्रिय रहेको छ । तीमध्ये ५ हजारको अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भने अहिले एक हजारको हाराहारीमा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजारमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्