प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स, के भयो कुराकानी ?

काठमाण्डौँ, चैत्र २९। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रण र रोकथामका विषयमा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले चार घण्टाभन्दा लामो समय मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समा छलफल गरेका हुन्। प्रधानमन्त्रीसँगको भिडियो कन्फरेन्स छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी थिए।

शनिबार बिहान ११: ३० मा सुरु भएको मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्स छलफल दिउँसो ४स्४० मा सकिएको थियो। छलपलमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयाशको बारेमा जानकारी गराए। प्रधानमन्त्रीले यसबीचका प्रयास सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पारे। ‘सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वबाट प्रभावित नहुन आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्नुभयो’, थापाले भने।

मुख्यमन्‍त्रीसँग प्रधानमन्‍त्रीको भिडियो कन्फरेन्स
प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने बताएका छन्।

छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका छन् । भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुनै नसक्ने प्रधानमन्त्रीको भनाइ छ। ओलीले यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गरेका छन्।

प्रधानमन्त्रीले छलफलमा सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन्। सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका छन्।

स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने बताए। लकडाउनमा प्रशासनिक लापरबाही हुनु नहुने, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत जानकारी प्रधानमन्त्रीले गराएका छन्। ओलीले अहिले जनतालाई दुःख दिन नभएर जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वानसमेत गरेका छन्।

उनले सरसफाईमा ध्यान दिन, मास् र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीलाई आग्रह गरे। सबै मुख्यमन्त्रीले प्रदेशमा कोरोना नियन्त्रणको प्रयास आवश्यकता अनुसार भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्