मौसममा बदली: चट्याङ र हुरीबाट सतर्क रहन आग्रह

काठमाडौं , चैत २९ । । कोभिड–१९ बाट जोगिन लकडाउन बसीरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।

मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी दिए ।

उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्