नातिको बिहेमा लन्डन गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, चैत २९ । नातिको बिहेमा सहभागी हुन लन्डन आएका एक नेपालीको कोरोना संक्रमणले निधन भएको छ। बागलुङ अमलाचौर सरङ्गगी घर भएका ७५ वर्षिया कर्णबहादुर (केसी) क्षत्रीको बुधवार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्रोतका अनुसार गत आइतबार स्वास फेर्न अप्ठ्यारो भएपछि क्षत्रीलाई अस्पताल भर्ना गरिएको थियो । सामान्य स्वास्थ्य अवस्थामा रहेका उनले लण्डन आएपछि कोल्ड स्टोरको औषधि सेवन गर्न थालेका थिए । उनी श्रीमती सहित लण्डन आएका थिए । क्षत्रीका ४ छोरा, ३ छोरी छन्।

क्षत्री गत मार्च महिनाको पहिलो साता नातिको बिहेमा भाग लिन लण्डन आएका थिए । उनी अप्रील महिनाको अन्तिम साता नेपाल फकिर्ने तयारीमा थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि स्थानीय राजनीतिमा सक्रिय क्षत्री ०४८ सालको स्थानीय निर्वाचनमा तत्कालिन अमलाचौर गाउँ विकास समितिमा अत्याधिक मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्