सरकारको कोरोना कोषमा नेशनल लाइफद्वारा ५१ लाख सहयोग

काठमाडौं, चैत २८ । नेशनल लाइफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम बरावरको चेक प्रदान गरिन् ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिका सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्