कोरोना राहात कोषमा एल आई सी तौलिहवा शाखाद्वा १ लाख  सहयोग 

पार्वती पाठक, काठमाडौं, चैत २८ । एल आई सी नेपाल लिमिटेड कपिलवस्तु तौलिहवा शाखाले कपिलवस्तु नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख एक हजार एक सय सहयोग गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि  आज कपिलवस्तु नगरपालिका  व्यवस्थापन  कोषमा जम्मा हुने गरि रु. १,०१,१०० रकम बराबरको चेक हस्तान्तरण गरिएको हो  ।
 एल आई सि नेपाल तौलिहवा शाखा परिवारले कोरोना भाईरस (कोभिड-१९) महामारी फैलिरहेको विषम र बिपतको घडिमा उक्त रकम हस्तान्तरण गरेको बताएको छ ।
महामारी संक्रमण, नियन्त्रण, तथा जोखिम न्यूनीकरणका लागि कपिलवस्तु नगरपालिका प्रकोप व्यवस्थापन कोषमा तौलिहवा शाखामा आवद्ध कर्मचारी र अभिकर्ताहरुको संयुक्त सहयोग बाट उक्त रकमको चेक  कोषमा जम्मा हुने गरि नगरप्रमुख लाई हस्तान्तरण गरिएको प्रबन्धक बिनायक झाले बताए  ।
उक्त शाखाले यस्ता विभन्न सहयोगका कार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्