कोरोना कोषमा गरिमा विकास बैंकले दियो ३५ लाख
काठमाडौं , चैत २६। गरिमा विकास बैंकले कोरोनाभाइरस (कोभिड १९) को न्युनीकरणका लागि सरकारी राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
“कोरोनाभाइरस संक्रमण रोकथामको लागि अधिकतम सम्भाव्य मानिसहरुको स्वास्थ्य परीक्षण गर्न गराउनको अतिरिक्त लकडाउनको कारण दैनिक उपभोग्य वस्तुको जोहो गर्न समेत धौधौ परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन परेको यस संवदेनशील घडीमा यस गरिमा विकास बैंक लिमिटेडले मुलुकका सम्पूर्ण प्रादेशिक सरकारहरुमार्फत प्रत्येक प्रदेशका लागि रु पाँच लाखको दरले कूल ३५ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ यो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा गरिनेछ,” प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सबै प्रदेशमा गरिमाले रकम जम्मा गरिसकेको छ ।बैंकले एक कार्यक्रम गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्तान्तरण गरेका हुन् ।















प्रतिक्रिया दिनुहोस्