अस्पताल नगएको भन्दै ५ डाक्टर परे कारबाहीमा, सेवाबाट पनि हटाइयो

काठमाडौं , चैत २६ । कोरोनाको संकटको बेला अस्पतालमा उपस्थित नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई सेवाबाट हटाइएको छ।

सूचनाबिना अस्पतालमा उपस्थित नभएको भन्दै रेडियोलोजी विभागमा कार्यरत डाक्टर बरदान वली र डाक्टर ताराप्रसाद शर्मा, इएनटी विभागका डाक्टर प्रकास न्यौपाने, यूरो सर्जन डाक्टर सुभाषचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डाक्टर प्रकृती कार्कीलाई सेवाबाट हटाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए ।

अस्पतालमा करार सेवामा नियुक्त भएका ती पाँचै जना डाक्टर अस्पताल प्रशासनलाई जानकारी नदिइ सेवामा अनुपस्थित रहेको भन्दै सामाजिक विकास मन्त्रालयले दिएको निर्देशनअनुसार सेवाबाट हटाउने निर्णय गरिएकोे हो ।

मन्त्री बरालले संकटको बेला सेवामा उपस्थित नहुनेमाथी प्रादेशिक अस्पतालबाट कारबाही सुरु भएको भन्दै हाजिर नहुने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई कारबाही हुने बताए । पछिल्लो समय कोरोनाको त्रास संगै डाक्टरले बिरामीको उपचार गर्न आनाकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्