स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोना संक्रमित आठै जनाको स्वास्थ्य स्थिति सामान्य, नयाँ पोजेटिभ देखिएको छैन

काठमाडौं, चैत २५ । कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर एक जना भने निको भइसकेका छन्।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जनाले कोरोना भाइरसको उपचार गराइरहेका छन्।

स्थ्य मन्त्रालयले अहिलेसम्म १७ सय ९६ नमुना परिक्षण भएको जानकारी दिएको छ । प्रवक्ता देवकोटाले अहिले थप पोजेटिभ नदेखिएको जानकारी दिदै यस अघि पोजेटिभ देखिएका ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा १७ सय ९६ नमुना परिक्षण भएको बताउदै काठमाडौँ बाहिर ९ ठाउमा परिक्षण सुचारु भएको बताए ।नेपालमा कोरोना दोस्रो चरणमा रहेकाले टेस्टको दायरा बढाउने र क्वारेन्टाइनमा अनिवार्य बस्ने गरि दुई रणनिति मुख्य रहेको प्रवक्ता देवकोटाले बताए ।

अहिले कंचनपुर र कैलालीमा र्यापिड टेस्ट र स्व़ाब परिक्षणबाट दुवै किसिमले नमुना संकलन भइरहेको उनले बताए । अहिलेसम्म कन्चनपुरमा २१ र कैलालीमा १८ नमुना संकलन स्व़ाब संकलन गरिएको उनले बताउदै सो क्षेत्रबाट ४ सय नमुना संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।

त्यस्तै अहिले काठमाडौँ उपत्यकामा आइसोलेसन १६ जना र काठमाडौँ बाहिर ८४ जना गरि सय जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै देशभर अहिलेसम्म ९ हजार २२८ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्