लकडाउनका विषयमा मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं , चैत २२। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको समयावधी थप गर्ने वा नगर्ने भन्ने विषयमा विषयमा छलफल हुने बताइएको छ ।
यस्तै स्वास्थ्य सामग्री खरिदका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै बैठकमा नियमित एजेण्डाहरुमा पनि छलफल हुनसक्ने मन्त्रीहरुले बताएका छन् ।
यसअघि कोरोना नियन्त्रण समन्वय उच्चस्तरिय समितिको बैठक बस्ने छ ।
समितिको सिफारिसमा सरकाले लकडाउनको समयावधी बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्