कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १ करोड सहयोग

काठमाडौं, चैत २१ । सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।

बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।

सरकारको कोरोनाभाइरस महामारीको सामना गर्न बैंक प्रतिवद्ध रहेको पनि जनाएको छ । देशमा आइपर्ने कुनै पनि कठिन परिस्थितीमा सहयोग गर्न बैंक प्रतिवद्ध रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्