कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक जना नेपालीको मृत्यु, अरु दुईमा पनि संक्रमण

काठमाडौं , चैत २१ ।  कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् ।

कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।

करिब १० हजार मानिस बसोबास गर्ने कोलोराडोमा अरु दुई नेपालीलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्