एनएमबी बैंकको कोभिड–१९ कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौं चैत २० । एनएमबी बैंकले सरकारको कोभिड–१९ रोकथाम कोषलाई १ करोड ५१ लाख सहयोग गरेको छ।

बिहीबार प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसुनिल केसीले उक्त रकमको चेक प्रदान गरेका हुन्।

यससँगै बैंकले अनलाइन व्यापारीहरु सँग पनि सम्झौता गरेको छ।

जसअनुसार एनएमबी बैंकको मोबाइल बैंकिङ संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्