सरकारको कोरोना कोषमा सेञ्चुरी बैंकद्वारा ८५ लाख सहयोग

काठमाडौं, चैत २० । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले सरकारको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा ८५ लाख आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा ५र५ लाखका दरले ३५ लाख सहयोग गर्ने भएको छ । बाँकी ५० लाख रकम सरकारको रोग नियन्त्रण कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।

लकडाउनको अवधिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गबाट कारोबार गर्न प्रोत्साहित गरिरहेको छ भने एटीएम सेवा, नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी, क्लियरीङ सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्