कोरोनाको महामारीः नेपालमा हालसम्म ११ सय ३३ जनामा नमुना परीक्षण
काठमाडौं , चैत १९ । सरकारले बुधबारसम्म नेपालमा ११ सय ३३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को नमुना परीक्षण गरिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा हालसम्म देशभरी एक हजार एक सय ३३ जना शंकास्पद बिरामीको मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।
सरकारले सुरु गरेको कल सेन्टरमा हालसम्म २ हजार ३ सय जनाले रिपोटिङ गरेको र त्यसमध्ये १२–१३ जनाको लक्षण मात्र कोरोना भाइरससँग मिलेकोले उनीहरूको पनि परीक्षण गर्ने तयारी गरिएको उनले बताए।














प्रतिक्रिया दिनुहोस्