अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो, सुरक्षित रहन आग्रह
काठमाण्डौैँ, चैत्र १९ । पछिल्लो समय विश्वभर फैलीएको कोरोनाको चपेटोमा अमेरिका पनि परेको छ । अहिले त्यहाँ यस कोरोनाको संक्रमण दिनानुदिन बढ्दै जना थालेको छ ।
यसैबीच संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताए । राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको र नेपाली समुदायलाई सचेत र सुरक्षितभई बस्न आग्रह गरेको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको अपिलमा जनाइएको छ ।अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताएको छ ।














प्रतिक्रिया दिनुहोस्