चम्किए रोनाल्डो र बेल, रियलद्वारा डेपोर्टिभोलाई सात गोल (हाइलाइट्स सहित)

एजेन्सी । स्पेनिश लालिगा अन्तर्गत साविक विजेता रियल म्याड्रिडले डेपोर्टिभोलाई ७–१ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, लुका मोड्रिच र नाचोले गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा गोल खाएपछि घरेलु टोली रियलले खेल पुरै उल्टाएको हो । ३२ औं मिनेटमा नाचोले गोल गर्दै खेल बराबरी पारेका थिए भने ४२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा ग्यारेथ बेलले फेरि गोल गर्दै स्कोर ३–१ पारे । त्यस्तै रोनाल्डोको पासमा मोड्रिचले ६८ औं मिनेटमा टोलीको चौथो गोल गरे । त्यसपछि ७८ र ८४ औं मिनेटमा रोनाल्डोले आफ्नो खातामा पनि दुई गोल जोडे ।

खेलको अन्तिम मिनेटतिर डिफेन्डर नाचोले गोल गर्दै रियलको शानदार जित सुनिश्चित गरेका हुन् । यस जितसँगै रियलको १९ खेलमा ३५ अंक रहेको छ । रियल तालिकाको चौथो स्थानमा यथावत् नै रहेको छ ।

हेर्नुहोस् खेलको हाइलाइट्स

https://youtu.be/3hDvI2bK9bk

प्रतिक्रिया दिनुहोस्