चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने , क -कसले पाउने भए?

काठमाडौं, चैत १६ । चीनबाट ल्याइएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर ९पोलिमर चेन रियाक्सन० मेसिन पाउने भएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ । ‘यो भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ’ समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भनेका छन् ।

उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पीपीई० लगायतका सामग्री पठाइने निर्णय गरेको विडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्