लकडाउन लम्ब्याउने सरकारको तयारी, न्यूनतम आवागमन खुलाइने

काठमाडौं, चैत १६ । नेपालमा गत आइतबार एक जनामा कोरानाको संक्रमण देखिएपछि मंगलबारदेखि लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ ।

लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो ।मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो ।

भोलि सोमबारसम्म मुलुक लकडाउनमै छ । लम्ब्याउने कि नलम्ब्याउने भन्ने सोमबार दिनभरिमा निर्णय दिइने कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले बताएका छन् ।तर न्यूनतम आवागमन खुल्लाको अर्थ आमरुपमा सर्वसाधारणलाई बाहिर निस्कने भन्ने नभएको उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव मैनालीले प्रष्ट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्