चीनबाट सरकारले ल्यायो १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री , आइतबार नै सातै प्रदेशमा वितरण गरिने
काठमाडौं,चैत १६ । सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ ।
सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले अनुदानमा दिएका स्वास्थ्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको जहाज चीन ग्वान्जाओ गएको थियो । कोरोना भाइरसको परीक्षणदेखि रोकथामसँग सम्बन्धित १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएर जहाज आइतबार बिहान काठमाडौं आइपुगेको थियो ।
जहाजले ल्याएका स्वास्थ्य सामग्री अनलोड भइसकेको र आइतबार नै हेलिकोप्टरमार्फत सातै प्रदेशमा वितरण गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीनबाट ल्याइएका सामानमध्ये सबैभन्दा बढी कोरोना भाइरस ९कोभिड–१९०को परीक्षण गर्न प्रयोग हुने ¥यापिड डायग्नोस्टिक किट १ लाख थान छन् ।
यस्तै, पोर्टेबल पीसीआर रिएजेन्ट किट २० हजार थान, पोर्टेबल पीएसआर मेसिन ५ थान, थर्मोमिटर इन्फारेड, नो कन्ट्याक्ट ह्यान्डल १ हजार ५ सय थान, सुज कर डिस्पोजेबल २० हजार थान, रेस्पिरेटर, मास्क, एफएफपीटु एन९९५ लगायत ३० हजार थान, विभिन्न साइजका ग्लोब १ लाख थान, गाउन, एएएमआई लेभल थ्री २० हजार थान तथा क्लोरिन एनएडीसीसी ४ हजार थान छन् ।














प्रतिक्रिया दिनुहोस्