नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दुर्घटना, विमानमा सवारको अवस्था यस्तो छ

काठमाडौं , चैत १५ । नेपाल वायुसेवा निगमको विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौंवाट औषधि र अत्यावश्यक सामाग्री बोकेर गएको वाइ ट्युवेल इ विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लेर दुर्घटना भएको हो ।

विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगेको छ । दुर्घटनावाट विमानमा पुगेको क्षतिको पुर्ण विवरण आउन बाँकी छ । दुर्घटनामा परेका चालक दलका तीन सदस्य र दुई जना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

विमानले नेपालगञ्जका कोरोना आंशका गरेका विरामीको र्‍यालको नमूना परीक्षणका लागि काठमाडौं ल्याउने योजना थियो । विमान स्वास्थ्य मन्त्रालयले चार्टर गरेर नेपालगञ्ज लगेको हो ।

प्रतिक्रिया दिनुहोस्