चीनबाट तीन दिनभित्र स्वास्थ्य उपकरण ल्याउँदै सरकार, यस्तो छ तयारी

 

काठमाडौं , चैत १२ । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए ।

यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्