नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित संख्या तीन पुग्यो
काठमाडौं , चैत १२ । नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या ३ पुगेको छ ।
फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत् छिन् ।
यसअघि पोजेटिभ रिपोर्ट देखिएका एक जना उपचारपछि निको भइसकेका छन्।














प्रतिक्रिया दिनुहोस्