माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त

काठमाडौं , चैत ११ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् । उनले वैशाख १ गतेबाट सीइओको जिम्मेवारी सम्हाल्ने छन् ।

हाल उनी कामू सीइओको जिम्मेवारीमा छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्