सरकारले दियो भारतका नेपालीलाई नेपाल प्रवेश गर्ने अन्तिम अवसर, १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं, चैत ११ । सरकारले भारतबाट आउने नेपालीलाई अन्तिमपटक नेपाल प्रवेशको अवसर दिएको छ।१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित सीमाबाट छोडिदिने निर्णय गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले बताए।

स्थानीय र प्रदेश सरकारको समन्वयमा उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने खतिवडाले उल्लेख गरे। अन्तर्रा्ष्ट्रिय बजारबाट स्वास्थ्य सामग्री ल्याउन निजी क्षेत्रलाई आव्हान गर्ने निर्णय उच्चस्तरीय समितिले सहजीकरण गर्ने निर्णय पन गरेको खतिवडाले जानकारी दिए।

निजी क्षेत्रका संस्थाले कोरोना कोष बनाएको भए आफू मातहतको कर्मचारीको मात्रै पैसा जम्मा गर्न पाउने र त्यो पैसा १ सातामा सरकारलाई हस्तान्तरण गर्नुपर्ने समितिले निर्णय गरेको खतिवडाले जानकारी दिए।

मन्त्री खतिवडाले नागरिकको जीवन सुरक्षित बनाउन लकडाउन गरिएको भन्दै नागरिकले स्वेच्छाले पालना गर्नुपर्ने बताए। उनले कर्फ्यू लगाउनुपर्ने अवस्था नगरेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्