कोरोेनाको प्रभाव : सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित
काठमाडौं, चैत ९ । सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ ।
बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण स्थगित गर्नु परेको बैंकले जनाएको छ ।
कोरोनाको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै साधारणसभा स्थगित गरिएको बताएको छ । बैंकको संचालक समितिको चैत ८ गते सम्पन्न ३३० औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारणसभा हाललाई स्थगित गरिएको बैंकले जनाएको हो । यसवाट शेयरधनीहरुलाई पर्न गएको असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
कोरोनाका कारण यतिबेला विश्व नै त्रसित बनेको छ । नेपालमा यसको संक्रमण फैलीएको छैन यद्यपी भारतमा यसको संक्रमण बढ्दै जान थालेकाले नेपालमा भित्रने सक्ने सम्भावना भने रहेको छ । यसकोे जोखिमलाई मध्यनजर गर्दै सरकारले विभन्न निर्णय सँगै सावधानी अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस्