मंगलबारबाट गड्डा चौकी नाका बन्द हुने, १७ दिनमा ९५ हजार जना नेपाल भित्रिए
काठमाडौं, चैत ९ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेवाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डौकोकी नाकामा चैत ११ गतेदेखि पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनले आज राती १२ बजे पछि लागु हुने गरी भीमदत नगर पालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात,सम्पुर्ण बजार,पसल,ब्यवसाय, उद्योगग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबारट बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट १७ दिनमा ९५ हजार जना नेपाल भित्रिएका छन् ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ नेपाल भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्