बहराइनमा देखियो तीन नेपालीलाई कोरोना संक्रमण

काठमाडौं , चैत ९ । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।

कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए ।बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्