जमुनाह नाका एक साताका लागि बन्द

काठमाडौं , चैत ९ । कोरोना भाइरस संक्रमणको सम्भावित  जोखिम नियन्त्रणका लागि बाँकेको जमुनाह नाका आइतबारदेखि एक साताका लागि बन्द हुने भएको छ । नेपाली र भारतीय अधिकारीबीच आज बसेको बैठकले एक साताका लागि  नाका बन्द गर्ने निर्णय गरेको  हो ।

बैठकले मालबाहक सवारी साधन र बिरामीलाई आवतजावत गर्न दिने तथा अन्य यात्रुबाहक सवारी र पैदल यात्रीलाई आवतजावतमा रोक लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

 

नेपालगन्ज जमुनाह प्रहरी चौकीका प्रमुख माधव रिजालका अनुसार  नाका बन्द गरिएको अवधिमा कसैलाई पनि आवागमनमा छुट नदिइने छैन । उनले उपचारका लागि भारत जाने बाहेक कुनै नेपालीलाई भारत प्रवेश गर्न नदिन आदेश आएको जनाए ।

प्रतिक्रिया दिनुहोस्