फुटपाथका सबै व्यापार १५ दिनका लागि बन्द

काठमाडौं , चैत ९ । आइतबारदेखि फुटपाथका सबै व्यापार हटाइने महानगरीय प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा रहेका फुटपाथमा गरिने व्यापार बन्द गरेको छ ।कोरोनाको सम्भावित जोखिम रोक्न फुटपाथमा गरिने व्यापार १५ दिनका लागि बन्द गरिएको हो ।

आइतबारदेखि फुटपाथमा ठेलागाडमा राखिने चिया पसल, फलफूल र कपडा तथा अन्य व्यापार बन्द गर्न शनिबार माइकिङमार्फत जानकारी दिइको थियो ।

फुटपाथमा व्यापारका कारण जोखिम बढ्ने भएकाले आजबाट १५ दिनका लागि फुटपाथ हटाउन लागिएको महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल बताए ।

 

फुटपाथ व्यापारका कारण मानिसहरुको जमघट बढ्ने र त्यसबाट कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने बताइएको छ । उपत्यकाको ठमेल, सुन्धारा, कोटेश्वर, बानेश्वर, बौद्ध बालाजु , पुरानो बसपार्क, गोंगवु बसपार्क र लगनखेल लगायत क्षेत्रमा फुटपाथ व्यापार सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्