गड्डाचौकीमा नेपाल फर्किनेको भीड थामी नसक्नु, बन्द गर्न केन्द्र सरकारलाई अनुरोध

काठमाडौं, चैत ८ । भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । यति सम्म की भीड थामी नसक्नु सम्मको स्थिती सिर्जना भएको छ । यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना पनि रहेको छ । यो अवस्थालाई मध्यनजर गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सरकारसमक्ष अनुरोध गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको जोखिमलाई मध्यनजर गरी पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ (केन्द्र) सरकारसमक्ष अनुरोध गरेको हो ।
भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको ४४ औं कार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । गड्डाचौकी नाकाबाट फर्किनेको संख्या अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको नगरपालीकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

उनले भने ‘कारोनाको संक्रमण जोखिम बढ्दै गएको छ, नाकामा स्वदेश फर्किनेको भिड थामी नसक्नु छ, यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना हुन्छ,’, ‘यी सबै अवस्थालाई मध्यनजर गर्दै नगरकार्यपालिकाको बैठकले नाका बन्दका लागि संघ सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।’

बैठकले कोरोना रोकथामका लागि स्वमय् सेवक परिचालन, कोरोना विरुद्ध खटिएका स्वास्थ्यमकर्मीलाई बोनस दिने, ५० शैय्याको प्रीफ्याब आइसोलेसन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । कोरोनाको त्रासले यति बेला विश्वनै डरमा त्रासमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्