के हो ‘लकडाउन’ ? के गर्ने ? के नगर्ने यस्तो अवस्थामा ?

काठमाडौँ, चैत ७ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ।आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे जानकारी गराउदै साँझ ६ बजे उच्चस्तरीय समन्वय समितिको बैठक डाकेका छन्।
सम्भव त सरकारले ‘लकडाउन’को निर्णय गर्न सक्छ। लकडाउन’को विषयमा सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया सुरु भएपनि सरकारको आधिकारिक धारणाका लागि केही समय कुनैपर्छ।

विश्वमा फैलिरहेको काभिड–१९ (कोरोना भाइरस) का कारण विश्वका धेरै देशहरु यतिबेला लक डाउन गरिएको अवस्थामा छन । अन्य देशमा नागरिकले लक डाउन भोगिरहेका छन । तर नेपालको सन्दर्भमा अहिलेसम्म लक डाउन नगरिएको अवस्थामा स्थिती सामान्य छ । तर सरकारको पछिल्लो तयारी अनुसार नेपालमा पनि अव लक डाउन गरिने सम्भावना बलियो छ ।

विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ । यसको अर्थ ‘लकडाउन’ भएको बेला कफ्र्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने हैन । कुनै निश्चित समयको लागी निश्चित ठाँउमा गरिने सार्वजनिक रोक नै लक डाउन हो ।

धार्मिकस्थल र व्यापारीक स्थलहरू सबै बन्द भएका छन् । तर, खाद्यानका बजारहरू भने बन्द नहुने बताइएको छ ।लक डाउनको बेला सरकारले गरेका निर्णयहरुमा ध्यान दिने, घरमै बस्ने, हरेक सुचना नियमित अपडेट रहने गर्नुपर्दछ ।यदि नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भैहाल्यो भने पनि एक ठाउँवाट अर्को ठाउँमा नसरोस् भन्नका लागि ‘लकडाउन’ गर्न लागिएको हो ।

के हो ‘लकडाउन’ ?

विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन।
सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ। यसको अर्थ ‘लकडाउन’ भएको बेला कफ्र्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने हैन।
यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन।

छिमेकी मुलुक भारतले घोषण गरेको ‘जनता कर्फ्यु’ पनि ‘लकडाउन’ नै हो। यदि नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भैहाल्यो भने पनि एक ठाउँवाट अर्को ठाउँमा नसरोस् भन्नका लागि ‘लकडाउन’ गर्न लागिएको हो।

यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक अन्यत्र जान पाइदैन। यसको अर्थ यो होइन कि काठमाडौंमा बस्नु पर्छ । कोही पनि स्वस्थ व्यक्तिले आफ्नो गाउँ जान पाउछ।एकछिनलाई मानौ चितवनमा संक्रमित भेटियो। ‘लकडाउन’ भएको अवस्थामा संक्रमित भेटिएको स्थानका व्यक्ति अन्यत्र जान भने पाउदैनन्। यदि सरकारले काठमाडौं उपत्यकालाई ‘लकडाउन’ ग¥यो भने उपत्यकामा रहेका व्यक्तिले अत्यावश्यक काममा अनुमति लिएर मात्रै जान पाउनेछन्।

लकडाउनको मुख्य उद्देश्य नै भिडभाड कम गर्नु हो। त्यसो त सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ। सरकारको सोही निर्णय कार्यान्वयन गर्दै पशुपति विकास कोषले २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ भने शनिवार बेलुकादेखि पशुपतिमा आरती पनि बन्द हुने भएको छ।

स्कुल, कलेज, डान्सबार, सिनेमा हल, तत्कालका लागि स्थगित भइसकेका छन् ।सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ। यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ। तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन। चामल, ग्यास, नुन, तेल, चिनी जस्ता खाद्य सामग्री अभाव हुन नदिने प्रतिबद्धता सरकारले जनाएकाले धेरै खाद्य सामग्री थुपार्नु जरुरी छैन।एक बोरा चामल, एक सिलिण्डर ग्यास, २ किलो नुन, बढीमा पाँच किलो गेडा गुडी,आधा दर्जन हात धुने साबुन घरमा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्