सिभिल बैंकको शाखा अब अत्तरखेलमा

काठमाडौं, चैत ७ । सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा विस्तार गरि संचालनमा ल्याएको छ ।

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले शाखा विस्तार गरि संचालनमा ल्याएको हो ।गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले अत्तरखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धा्रित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्