मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटलमा छुट
काठमाडौं, चैत ७ । मुक्तिनाथ विकास बैंकले दाङ, बर्दिया र बाँके जिल्लामा संचालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित सुहलियत सहितको सम्झौतामा हस्ताक्षर गरेको छ।
सम्झौताअनुसार उक्त बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई ती स्थानमा विशेष छुट दिइनेछ।
विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकताअनुसारका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ।
प्रतिक्रिया दिनुहोस्