अब जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा पनि अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं, चैत ७ । अब जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा पनि अतिरिक्त शुल्क नलाग्ने भएको छ । बैंकहरुमा हुने भिडभाडको नियन्त्रण गर्न बैंकहरुले विद्युतीय कारोबार गर्नेहरुलाई छुट प्रदान गर्ने भएको हो । यो सँगै अबजुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा पनि अतिरिक्त शुल्क नलाग्ने भएको हो ।

शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने व्यवस्था गरको हो ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकर एशोसिएनले जनाएको छ।

त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने क्लियरिङ शुल्क पनि निःशुल्क बनाइएको छ। कोरोनाले गर्दा विश्वको अर्थतन्त्रमा पनि असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्