कोरोनाको प्रभावः सचेतना कक्षा लगायत मापसे जाँच स्थगित
काठमाडौं,७ चैत । ट्राफिक महाशाखाले मादक पदार्थ सेवन ,लेन अनुशासन पालना नगर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।
विश्ववयापीरुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ट्राफिक महाशाखाले तत्कालका लागि सचेतना कक्षा स्थगित गरेको हो ।
महानगरीय ट्राफिक महाशाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लैजान सक्ने व्यवस्था महाशाखाले मिलाएको छ ।
ट्राफिक प्रहरीले दैनिकरुपमा चेक गर्दै आएको मापसे तथा अन्य चेकिङहरु अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने जनाएको छ । यद्यपि , अत्ति आवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरिने ट्राफिक प्रहरीले जनाइको छ ।
यस जटिल परिस्थितीमा सम्पूर्ण सवारी चालकहरुलाई मापसेलगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाइदिन महाशाखाले अनुरोध समेत गरेको छ ।














प्रतिक्रिया दिनुहोस्