कोरोना भाइरसबारे अपरान्ह ५ बजे प्रधानमन्त्रीको सम्बोधन, सतर्कता तथा सरकारको तयारीबारे केन्द्रित

काठमाडौं, चैत ७ । चीनबाट सुरु भएको कोरोनाभाइरसले यति बेला विश्नको अवस्था नै भयावह भएको छ । चीनबाट सुरु भएको यो यसको संक्रमण अहिले विश्वभर नै फेलीएको छ । सबै भन्दा बढि चीनमा खतरनाक बनेको संक्रमण अहिले इटलीमा दोस्रो बनेको छ । त्यहाँको स्थिति अहिले निकै प्रभावित भएको छ । यसैबीच यता नेपालमा यसको संक्रमण भेटिएको छैन तर नेपलीमा डर र त्रास भने निकै रहेको छ ।

यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। अपरान्ह ५ बजे कोरोना भाइरस संक्रमण (कोभिड(१९)का सम्बन्धमा सरकारले गरेका तयारीबारे उनले बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।कोरोना भाइरसको संक्रमण फैलाउन नदिन आमनागरिकले अपनाउनुपर्ने सावधानी तथा यसको रोकथामको लागि सरकारले गरेका कार्यबारे प्रधानमन्त्रीले सम्बोधनमार्फत् जानकारी गराउने प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

’प्रधानमन्त्रीज्युको सम्बोधन विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र त्यसको असर हुन नदिन नेपालले अपनाउनुपर्ने सतर्कता तथा सरकारको तयारीबारे केन्द्रित हुनेछ,’ उनले भने।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। सरकारले यसअघि नै कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै भेला हुन नपाउने निर्देशन दिइसकेकाले सम्बोधनमा सञ्चारकर्मीलाई प्रवेश नदिइने भएको छ।

प्रतिक्रिया दिनुहोस्