कोरोनाको त्रास : काठमाण्डौ छाड्नेको सङ्ख्या बढ्यो,दुई दिनमा तीन लाख मानिस बाहिरिए

काठमाडौं , चैत ७ । कोरोना भाइरसको त्रासले दुई दिनमा करिब तीन लाख सर्वसारधाणले काठमाडौं छाडेका छन् । बुधबार र बिहीबार गरी करिब ३ लाखभन्दा बढीले उपत्यका छाडेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सर्वसाधारण अत्तालिएर गाउँ फर्कन लागेपछि गाडीको टिकट समेत पाउन मुस्किल भएको छ ।

त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका छन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।अहिले दशैँ तिहारमा जस्तै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या अचानक बढेको उनले बताए ।

स्कुल, कलेज बिदासँगै सर्वसाधारण घर फर्कन चाहने भएकाले सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा रुट परमिट पनि खुला गरिसकेको छ । घर फर्कने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्क, कलंकी, बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।

बसपार्कहरूमा घर फर्कने सर्वसाधारणको बाक्लो उपस्थिति बढे पनि सुरक्षामा पनि ध्यान नदिइएको गुनासो व्यवसायीले गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप बढे पनि सरकारले टिकट काउन्टरको सुरक्षामा ध्यान नदिएको बताए ।

उनले ड्राइभरहरूले मास्कसमेत नपाएको गुनासो उनले गरे । निकै भिडभाड र ब्यस्त रहने काठमाडौं शहर अहिले भने निकै सुनशान भएको छ ।

प्रतिक्रिया दिनुहोस्