विदेशमा रहेका नागरिकलाई सरकारले भन्यो – जहाँ हुनुहुन्छ ढुक्कसँग बस्नुस् , भिसा अवधि सकियो भनेर कुनै मुलुकले निकाल्दैन

काठमाडौं, चैत ६। सरकारले प्रतिबन्ध लगाएका देशमा भएका जोसुकै नागरिक नेपालमा आउन नपाउने बताएको छ ।कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको थियो । यो प्रतिबन्ध भोलि मध्यरातबाट लागू हुनेछ ।

तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् ।भिसा सके पनि कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले विदेशस्थित रहेका नेपालीहरुलाई ढुक्कसँग रहन आग्रह गरेका छन्।

सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सचिव बिडारीले संक्रमणको घडीमा कुनै पनि मुलुकले नेपालीको भिसा अवधि सकियो भनेर देशबाट ननिकाल्ने हुँदा ढुक्क भएर बस्न आग्रह गरेका हुन्।

सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भाइरस देशमा प्रवेश गर्न नदिने गरी सरकारले अति जोखिमयुक्त मुलुकबाट आवागमनमा तत्कालका लागि प्रतिबन्ध गर्ने निर्णय गरेको बिडारीले बताए।

प्रतिक्रिया दिनुहोस्