कोरोनाः मलेसिया, खाडी र यूरोपबाट फर्कन नेपालीलाई पनि प्रतिबन्ध

काठमाडौं, चैत ६ । मलेसिया, खाडी र यूरोपबाट फर्कन नेपालीलाई पनि प्रतिबन्ध लगाएको छ । सरकारको उच्च स्तरीय समितिको निर्णयले कोरोनाबाट अतिप्रभावित खाडी मलेसियालगायत यूरोपबाट आउने नेपालीलाई समेत तत्कालका लागि प्रतिबन्ध लगाइएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

बुधबार सरकारको निर्णयमा भएको अन्यौलताका कारण केही सञ्चारमाध्यमहरुमा नेपालीलाई प्रतिबन्ध नभएको समाचार प्रकाशित भए पनि नेपालीलाई प्रतिबन्ध नै गरिएको मन्त्री ज्ञवालीले स्पष्ट पारेका हुन् ।

कोरोना भित्रिन नदिने हाम्रो रणनीति हो सोहीअनुसार हामीले तत्कालका लागि यस्तो निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्