कोरोना प्रभाव : कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन सरकारलाई निर्देशन

काठमाडौं,चैत ६ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको हो ।

लागुऔषध दुव्र्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्तको कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो । यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ ।

यता कारागारको क्षमता भन्दा बढी कैदी बन्दी नराख्न प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमबाट संक्रमण हुन नदिन कैदी बन्दीको संख्या तत्काल हटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्